मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बाढी पहिरोका कारण ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध

Nagarik Sewa 5112+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

काठमाडौं। बाढी पहिरोका कारण देशका मुख्य ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १३९ स्थानमा सडक एकतर्फी चालू रहेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार स्याफ्रुबेसीं रसुवागढी सडक चीनतर्फबाट आएको बाढीले क्षति पुग्दा दुई सातादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। यसअघि गत असार २४ गते भोटेकोसीमा आएको बाढीले सो सडकमा क्षति गरेको थियो । बाढीले क्षति गरेको १३ दिनमा सडक सञ्चालनमा आए पनि रसुवागढी नाका हुँदै चीनसँगको कनेक्सन जोडिन सकेको छैन । यस्तै कोसी करिडोर अन्तर्गत संखुवासभाको बरुण नदीमा असार २९ गते आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।

नदीको बहाब घटेपछि मात्रै डाइभर्सन बनाइने जनाइएको छ । उक्त स्थानमा पुल निर्माण भइरहेको छ ।  तमोर करिडोरमा पर्ने ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिजमा बाढीले क्षति गर्दा चतरा–मुलघाट अमरापुरडाँडा–गणेश चोक सडक पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै सिन्धुपाल्चोकको कोदारीमा साउन १८ गते गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । भेरी करिडोरअन्तर्गत पश्चिम रुकुमको चौखा रिजगाड, उसुम खोला र छलगाडमा लेदोसहित आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध छ । 

साथै पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको पंखु खोलामा आएको बाढीले क्षति गर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै बागलुङको तानसेन रिडी कोरला सडक अन्तर्गत कालीखोलामा ठुला चट्टानसहित आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । त्यहाँ पहिरो पन्छाउने कार्य भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार