तोलामा ३ हजारले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4426+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको हो। 

आजमा लागि सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।

उता चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार