मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको च्याम्पियन

Nagarik Sewa 5112+ समाचार ( )
१६ माघ २०८१, बुधवार

काठमाडौं । नेपाल पुलिस क्लबमाथि ४-० को सहज जित हासिल गर्दै एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ। बुधबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा एपीएफलाई च्याम्पियन बनाउन खेलको दोस्रो हाफमा सविता रानामगरले २ तथा सरु लिम्बु र अनु लामाले १ गोल गरे। 

लिगको पहिलो खेलमा पुलिससँग गोलरहीत बराबरी खेलेको एपीएफ त्यसपछिका १८ खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो। पुलिसविरुद्ध एपीएफको यो लगातार तेस्रो जित रह्यो।

सुपर स्टेजको नाम दिइएको दोस्रो चरणका दुवै लेगमा एपीएफले पुलिसलाई हराएको थियो। पहिलो लेगमा ६-० को हार बेहोरेको पुलिस दोस्रो लेगमा २-० ले पराजित भएको थियो।

पहिलो हाफमा एपीएफले कुनै पनि राम्रो अवसर सृजना गर्न सकेन। दोस्रो हाफमा एकपछि अर्को आक्रमण बुनेको एपिएफले खेलको ६४औँ मिनेटमा डेडलक तोड्यो।

सरु लिम्बुले राइट साइडबाट सरुले दिएको क्रसलाई सविताले वान टचमा गोल गरिन्। पाँच मिनेटपछि सरुको गोलमार्फत एपीएफले अग्रता दोब्बर बनायो। मिडफिल्डर रेनुका नगरकोटेको हेडर पोलमा लागेर फर्किएपछि प्राप्त रिबाउन्डको फाइदा सरुले उठाएकी हुन्। सरुको प्रहारले दोस्रो बारको जाली चुमेको थियो। निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा प्रीति राईको थ्रु पासमा सविताले अर्को गोल थपिन्। सविताको लोअर प्रहारले पनि दोस्रो बारको जाली चुमेको थियो। इन्जुरी समयमा अनुले गोल गर्दै एपिएफलाई ४-० को सहज जित दिलाइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै