कुवेत, बहराइन र इजरायलको लागि श्रम स्वीकृति नवीकरण गर्न सुझाव

Nagarik Sewa 4491+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

काठमाडौं । परराष्ट्र सचिव संयोजक रहेको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) को चौथो बैठकले कुवेत, बहराइन र इजरायलका लागि श्रम स्वीकृति नवीकरण गर्न सुझाव दिएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । पश्चिम एसियामा युद्ध चर्किएपछि नेपाल सरकारले सो क्षेत्रमा रहेका राष्ट्रमा दिँदै आएको श्रम स्वीकृति बन्द गरेको थियो ।

“कुवेत, बहराइन र इजरायलस्थित नेपाली नियोगहरूलाई विभिन्न कारणले श्रम स्वीकृतिको वहाल अवधि सकिएका वा नेपालबाट उल्लेखित राष्ट्र पुगी त्यहाँको भिसा वा परिचयपत्र प्राप्त गर्दा नेपाली नागरिकहरूको हकमा श्रम नवीकरण र वैधानिकीकरण खुला गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षाा मन्त्रालयलाई सुझाव दिने,” परराष्ट्र मन्त्रालयको पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले ईआरटीको निर्णय सुनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै