रसुवामा बाढी हिमताल विस्फोटबाटै आएको पुष्टि

Nagarik Sewa 4431+ समाचार ( )
२६ आश्विन २०८२, बिहीबार

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक अनुसन्धानबाट असार २४ गते रसुवामा बाढी हिमताल विस्फोटबाटै आएको पुष्टि भएको जनाएको छ। विभागले बिहीबार उक्त बाढीबारे अपडेट गराउँदै हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो।

यस सम्बन्धमा  मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि विभागले जनाएको छ। ‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, विभागले भनेको छ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने व्यहोरा अवगत गराएको छ। चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार