काठमाडौं। स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय खोल्न सक्ने प्रावधान राखिएको छ ।
यसैगरी विदेशी व्यक्ति, संस्था, स्थान वा विदेशीपन झल्कने गरी विद्यालयको नाम राख्न नपाइने र राखिएको भए त्यस्ता नाम परिवर्तन पनि गर्नुपर्ने छ । उपसमितिले तीन वर्षभित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम परिवर्तन गर्नुपर्ने व्यवस्था राखेको छ ।
‘स्थानीय तहले विद्यालय स्थापना र सञ्चालन गर्दा स्थानीय आवश्यकताको विश्लषेण र स्रोतको सुनिश्चतता गरी आवासीय विद्यालय विद्यालयसमेत स्थापना र सञ्चालन गर्न सक्नेछ,’ प्रतिवेदनमा भनिएको छ ।