इजरायलको अस्पतालमा इरानले गर्यो आक्रमण

Nagarik Sewa 4426+ समाचार ( )
५ आश्विन २०८२, बिहीबार

काठमाडौं। इरानले दक्षिण इजरायलको बेएर शेभास्थित सोरोका अस्पतालमा आक्रमण गरेको छ। इजरायली अस्पतालमा सोझै प्रहार गरेको इजरायली सैन्य अधिकारीले पुष्टि गरेका छन्। 

इजरायल र इरानबीचको आक्रमण सातौँ दिन पनि जारी छ। इजरायली सैन्य अधिकारीका अनुसार इरानले आज इजरायलतर्फ दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको हो। जसले थुप्रै नागरिकलाई क्षति पुर्‍याएको छ। यसैबीच, इजरायलले इरानका सैन्य स्थलमा आक्रमण जारी राखेको छ। इजरायली रक्षा बलले हिजो तेहरानमा मात्रै २० भन्दा बढी सैन्य स्थानमा आक्रमण गरेको दाबी गरेको छ।

इरानी सञ्चार माध्यमका अनुसार इजरायलले खोंडाबस्थित गम्भीर जल अनुसन्धान रिएक्टर नजिकै आक्रमण गरेको छ। यो इरानको आणविक कार्यक्रमसँग सम्बन्धित क्षेत्र हो। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरिसकेको तर अन्तिम निर्णय अझै बाँकी रहेको खबर पनि सार्वजनिक भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै