ऊर्जामन्त्री घिसिङले सुरक्षाकर्मीबाहेक अन्य सरकारी सुविधा नलिने

Nagarik Sewa 4883+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौं। नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सरकारी सुविधा नलिने घोषणा गर्नुभएको छ। उहाँले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गर्नुभएको छ।

पदभार ग्रहण गर्दै उहाँले भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशिलता अपनाउने बताउनुभयो। ‘शून्य सहनसिलता अपनाइने छ । भ्रष्टाचार नियन्त्रण मुख्य मात्र हो । यसलाई निर्मुल गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही गर्छौं । भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो ।’ 

उहाँले सही मान्छे सही ठाउँमा राख्ने आफ्नो नीति रहेकाले यसमा कुनै सम्झौता नगर्ने बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार