मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

भारत पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

Nagarik Sewa 4881+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

नयाँ दिल्ली। बिहीबार राति ९२ वर्षको उमेरमा भारत पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। सिंहको ९२ वर्षको उमेरमा बिहीबार राती ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका डा सिंहको उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको बुलेटिन अनुसार बिहीबार घरमा अचानक बेहोस भएका सिंहलाई बेलुका ८ बजेर ६ मिनेट जाँदा अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो।

सिंहको निधनमा भारत सरकारले १ सातसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। शनिबार उहाँको अन्त्येष्टि गरिने भएको छ । भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार