मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

काठमाडौं महानगरका पहरी प्रमुख पाण्डेको निलम्बन फुकुवा गर्न उच्च अदालतको आदेश

Nagarik Sewa 2364+ समाचार ( )
४ आश्विन २०८२, बुधवार

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई गरिएको निलम्बनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै हाललाई यथास्थितिमा रहन आदेश दिएको छ। अदालतले उनी पदीय कार्य सम्पादनमै सीमित रहेको भन्दै निलम्बनको तत्काल आवश्यकता नदेखिएको ठहर गरेको हो।

पाण्डेले मिति गत जेठ २० मा काठमाडौं महानगरपालिका कार्यालयको परिसरमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गर्न नदिएको भन्दै आरोप लागेका थिए। सोही आरोपका आधारमा उनीमाथि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ को उपदफा ९९० बमोजिम अधिकतम ६ महिनासम्म निलम्बन गरिएको थियो।

तर, पाण्डेले उक्त आरोप अस्वीकार गर्दै अदालतमा निलम्बन विरुद्ध रिट दायर गरेका थिए। अदालतसमक्ष पेश भएको निवेदनमा उनले सो दिन कार्यालय परिसरमा नियमितभन्दा बढी भिडभाड रहेको, आफूले आफ्नो सुरक्षासम्बन्धी जिम्मेवारी बमोजिम कार्यमात्र गरेको र कसैको प्रवेशमा बाधा पुर्‍याउने नियत नरहेको जिकिर गरेका छन्।

सुरक्षा जिम्मेवारीमै सीमित कार्य

अदालतले प्रस्तुत निवेदनको अध्ययनपश्चात वरिष्ठ नगर प्रहरी उपरीक्षकको हैसियतले पाण्डेको जिम्मेवारी कार्यालय परिसरको सुरक्षा व्यवस्था मिलाउने रहेको र सोही आधारमा कार्य गरेकाले तत्काल निलम्बन गर्नु पर्ने अवस्था नरहेको ठहर गरेको हो।

अदालतको आदेशमा भनिएको छ, “यी निवेदक महानगर प्रहरी बलको वरियतामा रहेका अधिकारी हुन्, जसको प्रत्यक्ष नियन्त्रण तथा निर्देशन प्रमुख प्रशासकीय अधिकृतसँग रहन्छ। त्यसैले उनीमाथि लागेका आरोपहरू प्रारम्भिक रूपमा हेर्दा आदेश उल्लंघन गरिएको स्पष्ट देखिन्न।”

उच्च अदालत पाटनले नियम ४२ (१०) अनुसार राजुनाथ पाण्डेलाई पदमा बहाली गर्दै तत्कालका लागि उनलाई काम गर्न दिने गरी अन्तरिम आदेश जारी गरेको छ। अदालतले प्रमुख प्रशासकीय अधिकृतसहित विपक्षी पक्षलाई उक्त आदेशको जानकारी दिई नियमानुसार जवाफ पेश गर्न पनि भनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार