काठमाडौं। बुधबार सुनको मूल्य तोलामा ४ सयले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार १ लाख ६२ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने बुधबार बढेको छ । मंगलबार प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १९४० रुपैयाँ कायम भएको छ ।