मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

लामो दूरी र काठमाडौं आउजाउ गर्ने सवारीसाधन ३ दिनका लागि बन्द

Nagarik Sewa 4519+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन काठमाडौं उपत्यका सवारी भित्रिने र बाहिरिन रोक लगाएको छ। प्राधिकरणले शनिबार बिहान सूचना जारी गर्दै बढ्दो वर्षा र त्यसले निम्त्याउने बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं भित्रिने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको जानकारी दिएको हो ।

‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने / बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज २० गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले यात्रु र सडक सुरक्षाका दृष्टिले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ। उक्त अवधिभर यात्रा व्यवस्थापनमा संलग्न सरोकारवाला निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित जिल्ला/पालिका प्रमुख जिल्ला अधिकारीहरूलाई सुरक्षित व्यवस्थापनमा खटिन निर्देशन दिइएको छ।

यस अवधिमा असाध्यै जरुरीबाहेक अन्य यात्रु तथा मालसामान ढुवानी गर्ने सवारी साधन नचलाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार