नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता

Nagarik Sewa 4849+ समाचार ( )
२९ असार २०८२, आइतबार

काठमाडौं। नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ। सो विधेयक कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आइतबार प्रतिनिधिसभामा लग्नुभएको हो। 

मन्त्री अधिकारीका अनुसार नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ लागु भएको २७ वर्ष व्यतित् हुन लाग्दा पशु चिकित्सा क्षेत्रका आयाममा व्यापक परिवर्तन आएको छ । यसकारण ऐन संशोधन गर्न लागिएको हो । ऐन संशोधन मार्फत पशु चिकित्सकको नाम दर्ता, पशु चिकित्सा व्यवसाय तथा अध्ययन अध्यापन गर्ने शैक्षिक संस्थाको नियमन र पशु चिकित्सकको क्षेत्राधिकारको विषयलाई प्राविधिक दृष्टिकोणबाट थप विशिष्टकृत गर्न खोजिएको छ ।

पशु चिकित्सा व्यवसायको परिभाषा, पशु चिकित्सकको नाम दर्ता परीक्षा सञ्चालन, विशेषज्ञ दर्ता, कसुर र सजायमा समयानुकूल परिमार्जन गर्ने गरी विधेयक ल्याएको मन्त्री अधिकारीले बताएका छन् । मन्त्री अधिकारीका अनुसार विश्व पशु स्वास्थ्य संगठनले जारी गरेका मापदण्डमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय पशु तथा पशुजन्य वस्तुको व्यापारमा पशु चिकित्सकको भूमिका बढ्दै गएको छ । बढ्दो पशुपालन क्षेत्रको व्यावसायिकरण सँगै मानिसमा पशुपन्छीबाट सर्ने रोगहरुमा बढोत्तरी भएकोले विशेषज्ञ पशु चिकित्सा सेवाको माग समेत बढ्दै गएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार