मुख्य समाचार
बालेन सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ: अमरेशकुमार सिंह | बलात्कार आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ | लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग | अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल | सुनको मूल्यमा वृद्धि | आजदेखि नागढुंगा सुरुङमार्ग खुला | डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका |

बालेन सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ: अमरेशकुमार सिंह

Nagarik Sewa 4756+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली सांसद डा. अमरेशकुमार सिंहले आफ्नै पार्टीको सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका छन् ।देशमा भइरहेका घटनाले नेपाली जनता एंगरमा रहेको उनको भनाइ छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले बालेन सरकारप्रति जनतामा विश्वास घट्दै गइरहेको बताएका हुन् ।

‘बाराको सिमरामा भएको घटना, सप्तरीमा बालिका हत्याको घटानले मर्माहत तुल्याएको छ । यो हाम्रो देश समाज कता गइरहेको छ ? यो दुई वटा घटना मात्र होइन, हाम्रो सरकार बनेपछि चाहे कप्तनागञ्जमा धार्मिक सामाजिक सद्‌भावको घटना होस् या विभिन्न किसिमका आन्दोलन भइरहेको छ । चाहे मिटरब्याज होस् या लघुवित्त पीडित होस् या डाक्टरको’, सांसद सिंहले भने, ‘यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ । अराजकता, अस्थिरता, हत्या, हिंसा बलात्कार र विभिन्न किसिमको आन्दोलनले नेपाली जनता एंगरमा छ ।’

समयमा बेथिति बढ्ने र विश्वास तथा भरोसा उडेपछि अपराधका घटना हुने उनको भनाइ थियो । सांसद सिंहले यसअघि संसद्‌मै बालेन सरकारप्रति मधेशमा आक्रोश बढेको र कुनै पनि बेला विस्फोट हुनसक्ने बताएका थिए । रास्वपा संसदीय दलको बैठकमा उनले छठपछि मधेशका जिल्लामा सांसदहरू कुटिने खतरा रहेको औंल्याएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार