काठमाडौं । आइतबार (साउन ३) नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ८४ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।
गत शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार १०० र चाँदी प्रतितोला चार हजार २०० मा खरिदबिक्री भएको थियो ।