बीपीको शालिकमा राजावादीको मोसो

Nagarik Sewa 4629+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित राजावादी समूहले बीपी कोइरालाको सालिकमा मोसो दलेको छ। शनिबार राति नेपालगञ्जको बीपी चोकमा रहेको प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको सालिकमा उक्त समूहले मोसो दल्नुका साथै कालो कपडाले छोपिदिएका हुन्। 

सालिक तोडफोडको समेत प्रयास भएको भन्दै कांग्रेस बाँके सचिव सुधांशु कोइरालाले विरोध जनाएका छन्।  बाँके- २ का सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै राँके जुलुस निकाल्ने क्रममा यो घटना भएको हो।

१५ चैतमा काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेसँगै त्यसका अगुवा राणासहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

उक्त प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन्।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै