काठमाडौं । नेकपा (एमाले) तार्केश्वर नगरकमिटी सचिव निरज भारती र अनेरास्ववियु रुपन्देहीका पूर्व-सचिव सन्तोष गिरी एकीकृत समाजवादीमा समाहित हुनुभएको छ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी), केन्द्रीय लेखा आयोगको सपथग्रहण कार्यक्रमका अवसरमा उहाँहरुले एकीकृत समाजवादी रोज्नुभएको हो। एमाले दक्षिणपन्थी अवसवादी पार्टीमा रुपान्तरण भएको निष्कर्श निकाल्दै भारती र गिरीले एकीकृत समाजवादी रोज्नु भएको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता प्रमेश पोखरेल, सचिव सोम पाण्डे, लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठलगायतका केन्द्रीय नेताहरुले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो। पछिल्लो समय एमालेप्रति वितृष्णा बढ्ँदै जाँदा एकीकृत समाजवादीमा आकर्षित हुनेको संख्या उल्लेख्य देखिन थालेको छ ।