१२.६० अंकले घट्यो नेप्से

Nagarik Sewa 4689+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम कारोबार दिन आज १२.६० अंकले गिरावट हुँदै २६६१ विन्दुमा कायम भएको छ। बजारको परिसूचक घटे पनि कारोबार रकममा उछाल आएको छ। 

बुधबार ६२.२५ अंक बढ्दै १० अर्ब ५१ करोड कारोबार भएको थियो। तर, आज सेयर बजार गिरावट आए पनि कारोबार रकम साढे ११ अर्बभन्दा बढी रहेको छ। आज ९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको मूल्यमा गिरावट आएको छ। कारोबारमध्ये पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। 

जसमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। आज सबैभन्दा बढी गुमाउने कम्पनीमा नारायण डेभलपमेण्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी गिरावट भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै