मदन पुरस्कारका लागि १० पुस्तकको सूची सार्वजनिक

Nagarik Sewa 4640+ समाचार ( )
४ श्रावण २०८३, सोमबार

काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कारका निम्ति छानिएका १० पुस्तकको सूची सार्वजनिक गरेको छ । सोमबार (साउन ४) गुठीका अध्यक्ष कुन्द दीक्षितले सूची सार्वजनिक गरेका हुन् ।

यस वर्ष गुठीले अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास (रोशनकुमार झा), नेवार समुदायका परम्परागत मुकुन्डोनाच (वीणा जोशी राजभण्डारी), परिधि (उमा सुवेदी), महायुग (सीमा आभास), सलह (श्रवण मुकारुङ), स्वस्पर्श (डा. नवराज केसी) र हिउँद (नदीश) कृति छनोट गरेको हो ।

यसपालि पुरस्कारका निम्ति कुल २९८ पुस्तक प्राप्त भएको गुठीले जनाएको छ । ०७२ सालेदेखि गुठीले प्राप्त पुस्तकमध्येबाट बढीमा १० कृति छनोट गरी सूची सार्वजनिक गर्दै आएको छ । यी पुस्तकमध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

०७५ सालदेखि यसको पुरस्कार राशि चार लाख रुपैयाँ कायम छ । ०१२ सालमा स्थापित गुठीले पहिलोपल्ट ०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार