तोलामा ४१ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4849+ समाचार ( )
२८ पौष २०८२, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो । 

आइतबार (पुस २७) छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। सुनको मूल्य एकैदिन तोलामा चार हजार १०० रुपैयाँले बढेको हो ।

चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ। सोमबार एक तोला चाँदी किन्न ग्राहकले पाँच हजार १९५ रुपैयाँ तिर्नुपर्नेछ। आइतबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार थियो। चाँदीको मूल्य एकैदिन तोलामा २०५ रुपैयाँले बढेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार