राप्रपाको सभामा राजेन्द्र लिङ्देन र धवल शम्शेर राणा

Nagarik Sewa 4673+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

काठमाडौं। काठमाडौंको शान्तिवाटीकामा राप्रपा, नेपालले आयोजना गरेको जसंस्था पुनर्स्थापना सभामा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन  र स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राप्रपाका महामन्त्री धवल शम्शेर राणा सहभागी भएका छन् ।

शान्तिवाटीकामा राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो। चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा आयोजना गरेको हिंसात्मक आन्दोलनमा सहभागी धवलशम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई स्वास्थ्य उपचारका भन्दै उनी यही वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए। उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने थुनामै छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै