सुधन गुरुङको पक्षमा प्रियंका कार्की, लेखिन्- 'तपाईं झन् बलियो भएर आउनेमा विश्वस्त छु'

Nagarik Sewa 4401+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

काठमाडौं । नेपाली चलचित्रकी नायिक प्रियंका कार्कीले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङ झन् बलियो भएर आउने विश्वास गरेकी छन् । कार्कीले सुधनले राजीनामा दिएपछि उनका पक्षमा सामाजिक सञ्जालमार्फत् ऐक्यबद्धता जनाउँदै कहिलेकाहीँ सबैभन्दा बलिया मान्छेहरूलाई नै जीवनले सबैभन्दा कठिन परीक्षा लिने उल्लेख गरेकी छन् ।

कार्कीले गुरुङमाथि मिडिया ट्रायल गरिएको समेत टिप्पणी गरेकी छन् ।  ‘मिडिया ट्रायलले दबाब सिर्जना गरेको प्रस्टै देखिन्छ, तर यस्तो कठिन समयमा पनि पदभन्दा नैतिकता रोज्नु आफैंमा ठूलो कुरा हो । सधैं राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले त्यो बारम्बार देखाएको छ । जति टीका–टिप्पणी आए, जति आरोप लागे, सबैको निष्पक्ष र गहिरो छानबिन होस्, सत्य उजागर होस्’, कार्कीले लेखेकी छन् ।

उनले नेपालले अझै सुधनभित्रको शक्ति, भिजन र सम्भावनाको पूरा उचाइ देख्न बाँकी रहेको समेत उल्लेख गरेकी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै