च्यासलमा एमाले सचिवालय बैठक सुरु

Nagarik Sewa 4431+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत अन्य तत्कालीन विषयमा छलफल भइरहेको छ। जारी बैठकमा राष्ट्रिय सभाका लागि उम्मेदवारको बारेमा पनि विषय उठ्ने बताइएको छ।

राष्ट्रिय सभाका १८ सीटका लागि प्रमुख राजनीतिक दलहरु मिलेर चुनाव लड्ने सहमति भएको छ। कांग्रेस र माओवादीसँग भएको छलफल र सीट बाँडफाँडको विषयमा बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गरेका छन्। पछिल्लो सहमति अनुसार एमालेले ६ सीटमा उम्मेदवारी दिने बताइएको छ । प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस र यसक्रममा कतिपय ठाउँमा भएका विवादको विषय समेत सचिवालयमा प्रवेश हुने सम्भावना छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार