मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

दशैंलाई लक्षित गरी सुरक्षाका लागि देशैभरी ५० हजार सुरक्षाकर्मी परिचालन

Nagarik Sewa 5112+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

काठमाडौं । नेपाल प्रहरीले नेपालीहरुकाे महान पर्व बडा दशैंलाई लक्षित गरेर सुरक्षाका लागि देशैभरी करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेकाे जनाएको छ । नेपाल प्रहरीकाे केन्द्रीय कार्यालले देशैभरीका सुरक्षा युनिटले विशेष महान पर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेकाे हाे । भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्ति सुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेकाे प्रहरीले बताएकाे छ। सम्भावित जोखिम क्षेत्र समेत पहिचान गरी विशेष निगरानी बढाइएको प्रहरीकाे भनाइ छ ।

आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने र सादा पोसाकमा प्रहरी परिचालन हुने भएकाे हाे । काठमाडौं उपत्यकामा मात्रै ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ । मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले बताएको हाे ।

त्यस्तै, कालोबजारी र तोकिए भन्दा बढी सवारी भाडा लिने लगायत गतिविधिको पनि निगरानी भइरहेको समेत प्रहरी कार्यालले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै