ईश्वर पोखरेलद्वारा पार्टी अध्यक्षको उम्मेदवारी घोषणा

Nagarik Sewa 4501+ समाचार ( )
१० मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ। यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उहाँले आफू अध्यक्ष बन्ने जानकारी गराउनुभएको थियो। 

पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो। साथै, उहाँले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको पनि बताउनुभएको छ।

मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहनुभएको छ। तेस्रोपटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गर्नुभएको थियो।तर जेनजी आन्दोलनपछि राजनीतिक कोर्स फेरिएकाले ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गर्दै आउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार