पाकिस्तानले भन्यो वार्ताबाट समस्या समाधान नभए अफगानिस्तानसँग खुला युद्ध हुने

Nagarik Sewa 4849+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

काठमाडौं। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले वार्ताबाट समस्या समाधान नभए अफगानिस्तानसँग खुला युद्ध हुने बताएका छन्। बीबीसी उर्दूका अनुसार सियालकोट शहरमा मिडियासँग कुरा गर्दै ख्वाजा आसिफले कतार र टर्कीले अफगान तालिबानसँग धेरै इमान्दारीपूर्वक वार्ता गरिरहेको बताए। पाकिस्तानी रक्षामन्त्रीले कतारमा भएको वार्तापछि कुनै पनि घटना नभएको बताएका छन्। 

उनले भने, उनीहरू अफगान तालिबान सँगको हाम्रो वार्तामा उनीहरू शान्ति चाहन्छन्, तर उनीहरूले कुन सर्तहरूमा शान्ति चाहन्छन् भन्ने कुरा विस्तारै स्पष्ट हुँदै जानेछ। ख्वाजा आसिफले उनीहरूको सर्त आफ्नो पक्षमा भए सम्झौता निश्चित रूपमा हुने दावी गरेका छन्। पाकिस्तान र अफगानिस्तानबीचको सीमा तनावका बीच दोहामा शान्ति सम्झौता भएपछि शनिबार टर्कीको इस्तानबुलमा दोस्रो चरणको वार्ता भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै