मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

एकीकृत समाजवादीका अध्यक्ष हमालले गरे एमालेका उम्मेदवारलाई समर्थन

Nagarik Sewa 4866+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं । मंसिर १६ गते दैलेखको महाबु गाउँपालिकामा हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदका उम्मेदवार जगत हमालले नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गरेका छन्। समाजवादी महाबु गाउँ कमिटीले समेत एक विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार शाहीलाई समर्थन गरेको हो।

एमालेका शाहीलाई समर्थन गर्दै हमालले महाबुको विकास र एमालेले अघि सारेको समृद्धिको नारालाई पूरा गर्न एमालेलाई मतदान गर्न आग्रह गरे। चुनावी अभियानमा केही दिनअघि महाबुमा रहेका एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले समाजवादी पार्टीबाट उम्मेदवार बनेका जगत हमालले एमालेका जंगबहादुर शाहीलाई समर्थन गरेसँगै महाबुमा एमाले विजयी हुने आधार बलियो बनेको दाबी गरे।

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा समाजवादीका हमालले एमालेका शाहीलाई समर्थन गरेसँगै छ जना उम्मेदवार चुनावी मैदानमा छन्। छ जनामध्ये एमालेबाट जङ्गबहादुर शाही, नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर थापा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुजन कुमार रावत चुनावी मैदानमा होमिएका हुन्। उम्मेदवार उठाएका दलका केन्द्रीय नेताहरू चुनावी अभियानमा गाउँ–गाउँमा छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार