ग्यास बुलेट हटाएपछि खुल्यो पूर्वपश्चिम राजमार्ग

Nagarik Sewa 4849+ समाचार ( )
१६ पौष २०८२, बुधवार

काठमाडौं। मंगलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर ट्यांकर हटाइएको हो। बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो। यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै