वकिललाई सिंहदरबारमा निर्बाध प्रवेश दिन भन्दै बारले पठायो प्रधानमन्त्री बालेनलाई पत्र

Nagarik Sewa 4501+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

काठमाडौं । नेपाल बार एसोसिएसनले सिंहदरबार निर्बाध प्रवेशका लागि प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेको छ ।  सरकारले कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ गरेको भन्दै निर्बाध प्रवेशका लागि पत्रमार्फत आग्रह गरिएको बार महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले जानकारी दिए । 

“प्रधानमन्त्रीलाई मेलमार्फत पत्र पठाएर कानुन व्यवसायीलाई सिंहदरबारमा सहज प्रवेशका लागि आग्रह गरेका छौँ । प्रशासकीय अदालतमा मात्र नभई कानुन व्यवसायीलाई व्यावसायिक कामले धेरै निकायमा जानुपर्ने हुँदा कठिनाइ भएको छ,” कोइरालाले भने । 

वकिललाई सिंहदरबार प्रवेशमा गेट पास अनिवार्य, नरोक्न प्रशासकीय अदालतको आग्रह

कोइरालाका अनुसार, कानुन व्यवसायीहरू प्रशासकीय अदालतका अतिरिक्त पुनरावेदनको काम लिएर गृह मन्त्रालयमा, व्यावसायिक कामले कानुन मन्त्रालय, संसद् भवनलगायतका निकायमा जानुपर्ने हुन्छ ।  प्रशासकीय अदालतका रजिस्ट्रार सरोजराज रेग्मील सिंहदरबारभित्रै रहेका प्रशासकीय अदालतमा दर्ता भएका मुद्दाको बहसमा कठिनाइ भएको गुनासो आएको बताए । गुनासोपछि कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा नरोक्न सुरक्षा निकायलाई आग्रह गरिएको उनको भनाइ छ । 

प्रशासकीय अदालतमा भने नाम टिपाएर कानुन व्यवसायीका लागि सहजीकरण गरिने व्यवस्था मिलाइएको छ । नेपाल बारका पूर्वमहासचिवसमेत रहेका एमाले नेता स्व. सुवासचन्द्र नेम्वाङ कानुन तथा न्यायमन्त्री भएका बेला कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबारमा सहज प्रवेशको व्यवस्था सुरु गरेका थिए 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार