मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

ओमानविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल छैटौँ स्थानमा

Nagarik Sewa 5112+ समाचार ( )
३ कार्तिक २०८३, सोमबार

काठमाडौं । ओमानविरुद्ध १० रनको रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष ६ को स्थान पक्का गरेको छ । सोमबार अल अमिरेत रंगशालामा नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले ५० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २७० रन बनायो ।

ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रनको योगदान गरे । उनले ११४ बलमा सात चौका र एक छक्का प्रहार गरे । हम्माद मिर्जाले ८७, हसनैन शाहले अविजित ४०, हसनैन उल वाहबले १५ र कप्तान विनायक शुक्लाले १३ रन बनाए । दोस्रो विकेटका लागि सिंह र मिर्जाबीच १५८ रनको साझेदारी भएको थियो । ३७औँ ओभरमा ललितनारायण राजवंशीले यो साझेदारी तोडेपछि नेपाल खेलमा फर्किएको थियो ।

नेपालका ललित र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा नन्दन यादव र कप्तान सन्दीप लामिछानले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो । नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । उनले ८१ बलमा दुई–दुई चौका र छक्का प्रहार गरे । दीपेन्द्रसिह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए ।

चौथो विकेटका निम्ति रोहित र दीपेन्द्रले १३९ रनको शतकीय साझेदारी गरे । ओमानका शाह फैसलले पाँच विकेट लिए । उनले आठ ओभरमा ५७ रन खर्चिए । जय ओडेदराले तीन र समय श्रीवास्तवले दुई विकेट हात पारे ।

जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्यो । यो सातौँ स्थानको क्यानडाको भन्दा एक अंक बढी हो । पराजित ओमान ३२ खेलबाट ३३ अंकका साथ चौथो स्थानमा छ ।

लिग–२ को आफ्नो अन्तिम शृंखलाका लागि ओमान पुगेको नेपालले तीन जित र एक हारको नतिजा निकाल्यो । लिग–२ को शीर्ष ६ मा पर्ने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने सम्भावना भएकाले ओमानविरुद्ध नेपाललाई जित्नै पर्ने दबाब थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार