मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडरमा कुशल भुर्तेल

Nagarik Sewa 5112+ समाचार ( )
२६ अशोज २०८३, सोमबार

काठमाडौं । ग्यालेक्सी फिटनेसको नयाँ शाखा काठमाडौंको बालाजुमा सञ्चालनमा आएको छ । सोमबार नेपाली क्रिकेट टिमका सदस्य कुशल भुर्तेलले शाखाको उद्घाटन गरेका हुन् । सोही अवसरमा कुशललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ ।  सम्झौतापत्रमा कुशल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीले हस्ताक्षर गरेका थिए । 

कुशल र ग्यालेक्सीबीच एक वर्षको सम्झौता भएको हो ।  कुशलले ग्यालेक्सी फिटनेससँगको सहकार्यले आफूलाई थप हौसला मिलेको बताए । "खेलाडीलाई फिटनेस अत्यावश्यक छ । फिट हुन जिम गर्नै पर्छ । त्यसैले ग्यालेक्सी फिटनेस परिवारमा जोडिन पाउँदा खुसी छु," भुर्तेलले भने । 

ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक अधिकारीले कुशलजस्ता स्टार क्रिकेटरलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । "कुशल भुर्तेलजस्तो क्रिकेटका स्टारलाई ब्रान्ड एम्बासडरका रूपमाहाम्रो परिवारमा  भित्र्याउन सक्नु ठूलो सफलता हो । यसले हामीलाई पनि खेलकुदसँग जोडिएर काम गर्न थप उत्साह थपेको छ," प्रबन्ध निर्देशक अधिकारीले भने । 

कुशलसँगको सहकार्यले खेलकुद र फिटनेसलाई जोड्न तथा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार