मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

चितवन राइनोज कर्णाली याक्सलसँग ६ विकेटको हार्यो

Nagarik Sewa 4720+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ। यो एनपीएलमा कर्णाली याक्सको पहिलो जित हो। 

१३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। अन्तिम १२ बलम ११ रन चाहिएको अवस्थामा १९औं ओभर बलिङ गर्न आएका सोहेल नतवीरले छ बलमा मात्र दुई रन दिए।

त्यसपछि अन्तिम ओभरमा कर्णालीलाई ६ बलमा नौ रन आवश्यक भयो। पहिलो तीन बलमा अर्जुन बिटालुले दौडिएर दुई(दुई रन गर्दै छ रन जोडे। चौथो बलमा बिटालु रनआउट हुन पुगे। पाँचौं बलमा स्ट्राइकमा आएका जीसान मक्सुदले रिजन ढकालको बलमा चौका प्रहार गर्दै टोलीलाई पहिलो जित दिलाए।

उसका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाउँदा चाडविक वाल्टनले ३०, देव खनालले २५ र अर्जुन बिटालुले १० रन जोडे। त्यसका अलावा जीसान मक्सुदले अविजित रहँदै १२ रन जोडे। चितवनका लागि रवि बोपारा, लफ्टी इटन र कुशल मल्लले समान एक(एक विकेट लिए। 

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो। उसका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले। ४० बलको सामना गरेका उनले सात चौका र एक छक्काको मद्दतमा अविजित रहँदै ५९ रन जोडे। त्यस अलावा कप्तान कुशल मल्ल २३ र विपिन रावल ११ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसान मक्सुदले दुई विकेट तथा नन्दन यादव र सोमपाल कामीले समान एक(एक विकेट लिए। जितसँगै कर्णालीले तीन खेलमा दुई अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा चढ्दा पराजित चितवनले तीन खेलमा चार अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार