मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु होः गुहमन्त्री अर्याल

Nagarik Sewa 4669+ समाचार ( )
१६ पौष २०८२, बुधवार

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ। विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित रहेको बताउनुभएको हो।

निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो। निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ र देश थप अस्थिरतातर्फ धकेलिन सक्छ। त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन’, उहाँले भन्नरभयो। ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्ने भएकोले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको उहाँको भनाइ छ।

उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी अघि बढाएको जानकारी दिनुभयो। सुरक्षा गोष्ठी पनि निर्वाचनकै तयारी भएको उहाँको भनाइ छ । गृहमन्त्रालयको कार्यभार चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाले जेनजी जनआन्दोलन पश्चातको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको बताउनुभयो।

सुरक्षा गोष्ठीले कोशी प्रदेशको वस्तुस्थिति र सुरक्षा वातावरण बुझ्न सहयोग पुग्ने र निर्वाचनका लागि सुरक्षित वातावरण निर्माण गर्न ठोस योजना बनाउने उहाँले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार