मुख्य समाचार
पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न म्याद थप | बिहारको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु | मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन | आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा |

पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न म्याद थप

Nagarik Sewa 4723+ समाचार ( )
१ भाद्र २०८३, सोमबार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार (भदौ १) अदालतमा उपस्थित गराएको थियो ।

यसअघि श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । थुना म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै पुनः थुना म्यादको माग गरिएको थियो । गत साउन २७ गते पक्राउ गरिएका श्रेष्ठको थुनामुक्तीको माग राखेर उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् ।

यसअघि साउन २९ गते सर्वोच्चले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते सोमबार सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइको पेशी तय भएको छ ।

श्रेष्ठ वैयक्तिक गोपनीयता हननको कसुर आरोपसहित पक्राउ परेका थिए । उनलाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै