नेकपा एसका ३ तहका पार्टी कमिटीको बैठक फागुनमा

Nagarik Sewa 1541+ समाचार ( )
२० माघ २०८१, आइतबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले यसअघि तय गरेका ३ तहका पार्टी कमिटीको बैठकको मिति संशोधन गर्दै परिवर्तन गरेको छ ।  सो पार्टीका महासचिव घनश्याम भुसालका अनुसार संशोधित मिति अनुसार फागुन ६ गते स्थायी कमिटी, ७ गते पोलिटब्युरो तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्नेछ ।

यसअघि सो पार्टीले यही माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन १ र २ गते केन्द्रीय कमिटी बैठकको मिति सार्वजनिक गरेको थियो ।

स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने एकीकृत समाजवादीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै