काठमाडौं। सभामुख देवराज घिमिरेले आसन्न संसद् अधिवेशन तयारीका सम्बन्धमा सोमबार पनि छलफललाई निरन्तरता दिने हुनुभएको छ। सभामुख घिमिरेले आज संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ५ राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दै हुनुहुन्छ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा ११ बजे प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफलको समय तय भएको सभामुखको सचिवालयले जनाएको छ । आइतबार सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्र सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् । प्रतिपक्ष दल अध्यादेशको विपक्षमा संसद्मा चर्को आवाज उठाउने तयारीमा छन् भने सत्तापक्ष बचाउमा प्रस्तुत हुने तयारीमा छन् ।