नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

Nagarik Sewa 4376+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

काठमाडौं । आइसिसी विश्वकप लिग–टु क्रिकेटमा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा खेल चलिरहँदा प्रतिकुल मौसमका कारण खेल रद्द गरिएको छ ।

अमेरिकी मौसम विभागले डालसमा आँधीहुरीको अलर्ट जारी गरेपछि खेल रोक्नुपरेको हो । खेल रद्द हुनुपूर्व टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको थियो । योसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

लिग–टु क्रिकेटको १२ खेलमा ६ अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ । १६ अंकसहित अमेरिका शीर्ष स्थानमा छ भने दोस्रो स्थानको क्यानाडाको पनि १६ अंक नैं छ । ११ खेलमा १४ अंक जोडेको साविक विजेता स्कटल्याण्ड तेस्रो स्थनमा रहेको छ । नेपालले अव लिग–टु क्रिकेटको अर्को श्रृंखला अर्को वर्ष मे महिनामा स्कटल्यण्डमा खेल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार