मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

शेयर बजारमा ४९ अंकले वृद्धि

Nagarik Sewa 4669+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार उच्च अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले गत मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभावले बजार बिहीबार उच्च अंकले बढेको हो ।

बैंकहरुले कर्जा नोक्सानी बापत छुट्याउनु पर्ने रकमको प्रतिशत राष्ट्रबैंकले घटाउने सुविधा दिएपछि बैंकिङ क्षेत्रमा याली आएको हो । दिनभरको उतार चढावका बीच ४९ दशमलव १५ अंकले बढेर बजार परिसूचक नेप्से २८१५ को विन्दुमा पुगेको छ ।

गत मंगलबारको तुलनामा आज कारोबार रकम पनि बढेको छ । नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक आज बढेका छन् । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ३२ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब ३ प्रतिशतले बढेको छ ।

विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, अप्पर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने सर्वाधिक ७ दशमलव १७ प्रतिशतले घटेको छ । तीन सय वटा स्टकको २ करोड ६१ लाख ९९ हजार कित्ता शेयर ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको बजारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ९६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार