तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई

Nagarik Sewa 4424+ समाचार ( )
१५ वैशाख २०८३, मङ्गलबार

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएई तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरिएको छ ।

आगामी मे १ बाट ओपेकमा नरहने घोषणा यूएईले गरेको हो । मुलुकको दीर्घकालीन रणनीतिमा आधारित रहँदै यो निर्णयमा पुगेको यूएईले जनाएको छ ।

ओपेक राष्ट्रहरूले स्ट्रेट अफ होर्मुजबाट तेल निर्यात गर्न सकिरहेका छैनन् । अरब राष्ट्रले युद्धका क्रममा इरानी आक्रमण रोक्न भूमिका निर्वाह नगरेको टिप्पणी भएपछि यूएईले उक्त कदम चालेको अलजजिराले उल्लेख गरेको छ ।

ओपेक सन् १९६० मा गठन भएको थियो । ओपेक राष्ट्रहरूले विश्वको कुल खपतको एक तिहाइ तेल आपूर्ति गर्छन् । ओपेकमा १२ र ओपेक प्लस  थप १० गरी  २२ राष्ट्र छन् । यूएई बाहिरिएसँगै ओपेकमा ११ राष्ट्र हुनेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै