तोलामा २ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4503+ समाचार ( )
२१ जेठ २०८३, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज तोलाको २ सय रुपैयाँले घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा झरेको छ। गएको आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ हिजो ३ लाख ११ हजार ३ सय रुपैयाँमा स्थिर थियो।

आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ घटेर ५ हजार २८५ रुपैयाँमा झरेको छ। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार