तोलामा ७ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 3502+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। विहिबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ४३ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३१८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि वुधबार चाँदी तोलाको ३१५० मा कारोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै