मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

कांग्रेस नेताद्वय गगन र मोहनबीच लफडा बस्नेतलाई थापाले बैठकमै दिए ‘फोहोर’को संज्ञा

Nagarik Sewa 5112+ समाचार ( )
१८ असार २०८२, बुधवार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केही दिन यता जारी छ । बैठकमा नेताहरुले उत्तेजक अभिव्यक्ति दिइरहेका छन् । आजको बैठकमा भ्रष्टाचार मुद्दा झेलिरहेका सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेतले गगन थापाका कारण आफू अख्तियारको छानविनमा परेको आरोप लगाएका थिए । 

महामन्त्री थापाले आजै त्यसको जवाफ फर्काएका छन् । बस्नेतले आफूमाथि लगाएको आरोपलाई 'गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित' भएको भन्दै फोहोरको संज्ञा दिए । टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री बस्नेतले थापामाथि अश्लील, गालीगलौज र धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएका थिए।

बस्नेतको आरोपको खण्डन गर्दै महामन्त्री थापाले फोहोरलाई चलाएर आफू फेरि फोहोरी बन्न नचाहेको बताएका छन्। थापाले बस्नेतले लगाएका आरोपलाई 'राजनीतिको तह र सभ्यताको सीमा नाघेको भनेका छन्। उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका छन्, 'बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु–फोहोर चलाए आफैं फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।'

थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरेका छन्। उनले भने, 'म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुँकार मिश्रित धम्की दिनुभयो रे ।

त्यो नैतिक पतन हो ।' टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री बस्नेतलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। उनलाई आइतबार अदालतले २५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

 यस अघि डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र उद्योगी विनोद चौधरीमाथि तिर चलाएका थिए । चौधरीले त्यसको जवाफ फर्काए भने चौधरीको जवाफमा अर्का नेता गुरु घिमिरेले प्रतिप्रश्न गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार