मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

लागू औषध मुद्दामा पत्रकार संजय सहनीलाई ३ वर्ष कैद र डेढ लाख जरिवाना

Nagarik Sewa 5112+ समाचार ( )
१५ असार २०८२, आइतबार

 काठमाडौं । रौतहट जिल्ला अदालतले लागू औषध मुद्दामा नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष एवं गौर नपा वडा नं ४ टिकुलिया बस्ने संजय सहनी सहित पाँच जनालाई कैद र जरिवाना गर्ने फैसला गरेको छ।

लागू औषध तथा अपराधिक षड्यन्त्र मुद्दामा जिल्ला अदालत गौरले आज पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष एवं पत्रकार संजय सहनीलाई तीन वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

त्यस्तै सोही मुद्दामा सहनी सँगै रौतहटका माधव नारायण नपा वडा न १ दिपही बस्ने अर्का पत्रकार धीरज यादवलाई पनि तीन वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने सो घटनामा संलग्न सर्लाहीको रामनगर गापा बस्ने जितेश यादव, नेपाल प्रहरीका जवान मनोज साह र उदय यादवलाई २/२ वर्ष कैद र १/१ लाख रुपैयाँ जरिवाना तिराउने फैसला भएको छ।

केही वर्ष अघि मात्र पत्रकार सहनी सहित पाँचै जनमाथि रौतहटका पत्रकार मोहमद मोजीबुलाहले लागू औषध र अपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेका थिए। सो मुद्दाको आज सुनुवाई गर्दै जिल्ला अदालत रौतहटका न्यायाधीश दुर्गा प्रसाद भट्टराईको इजलासले पत्रकार संजय सहनी सहित पाँचै जानलाई कैद र जरिवाना गर्ने फैसला गरेको हो।

आजभन्दा पाँच वर्ष अघि गौर नगरपालिकाको टिकुलिया घर भएका पत्रकार सहनीले आफ्ना व्यक्तिगत रिसिबी साध्न पत्रकार मोजीबुलालाई लागू औषध काण्डमा फसाउने षड्यन्त्र गरेका थिए।  सहनीको योजनामा मोजीबुलालाई फसाउने षड्यन्त्र गरिएपनि सिसीटिभी फुटेज बाहिरिएपछि मोजीबुला उक्त मुद्दाबाट जोगिएका थिए।

पत्रकार सहनीको निर्देशनमा बाँकी ती चार अभियुक्त मोजिबुलालाई गौरको एक होटलमा खाजा खान बोलाएर मोजिबुलाको मोटरसाइकलमा लागू औषध नाइट्रोभेट ट्याब्लेट राखिदिएका थिए। तर सिसीटिभि फुटेज बाहिरिएपछि मोजिबुला निर्दोष सावित भएका थिए भने सहनी सहित यी पाँचै जना दोषी रहेको पुष्टि भएको थियो।

यो घटनामा रौतहटका तत्कालीन प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहको समेत संलग्नता रहेको तथ्य बाहिरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार