गैरआवासीय नेपालीद्वारा राज्यका निकायले चिन्ने नागरिकता दिन माग

Nagarik Sewa 4431+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

काठमाडौं। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नागरिकता दिन माग गरेका छन् । नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उनीहरूले गैरआवासीय नेपालीलाई राज्यले प्रदान गरेको नागरिकतालाई नेपालकै निकायहरूले मान्यता नदिएकाले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरे ।

 गैरआवासीय नेपालीहरूलाई अहिले गई आवासीय नागरिकता प्रदान हुँदै आएको छ । तर अंशबन्डा लगायतमा गैरआवासीय नागरिकतालाई मान्यता नदिइएको उनीहरूको गुनासो छ । छलफलका क्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरी नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए । उनले सांसद हुन चाहने व्यक्ति नेपालको नागरिक मात्रै हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको भन्दै अन्य अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था कानुनमा गर्नुपर्ने उल्लेख गरे । 

त्यस्तै ब्रिटिस गोर्खा सैनिकहरूले पनि नागरिकतामा विभेद भएकाले अव कानुन बनाउँदा त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउने र त्यसलाई विधेयकमा समावेश गरिने प्रतिबद्धता जनाए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै