तोलामा ४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4807+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा मंगलबार (जेठ १९) सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार ३०० रुपैयाँ कायम छ। सोमबार (जेठ १८) छापावाल सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । 

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार