तोलामा १९ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँ वृद्धि भएको छ। जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार