मुख्य समाचार
परिवारले बुझ्यो आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव | ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन | जेनजी शहीद परिवार तथा घाइतेहरूको एकीकृत प्याकेज ७ दिनभित्र लागू गर्न निर्देशन​​​ | माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानवअधिकार आयोगमा उजुरी | लाइसेन्स वितरण, ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्म स्थगित | सञ्चारमाध्यमको गेट अगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद | सेयर बजार घटेर २५ सयको विन्दुमा | प्रधानमन्त्री शाहले कालो चस्मा खोल्ने बेला आएको छः सांसद थापा | आत्मदाह प्रयास गर्ने गणेश नेपालीको निधन | तोलामा २७ सयले बढ्यो सुनको मूल्य |

माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानवअधिकार आयोगमा उजुरी

Nagarik Sewa 4620+ समाचार ( )
२९ असार २०८३, सोमबार

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । आयोगका सूचना अधिकारी पवनकुमार भट्टका अनुसार, जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा उजुरी दिएको हो । 

अलायन्सले गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा खटिएर अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट समन्वय गरी पठाइएको प्रतिनिधि बताउने ओजस्वी थापाविरूद्ध उजुरी दिएका छन् । 

उजुरीमा संविधानको धारा १६, १७, २० र २२ को विपरीत मानवअधिकारको उल्लंघन गरेको उल्लेख छ । विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, सम्मानपूर्वक बाँच्न पाउने हक लगायतविरूद्ध अन्सारीमाथि कुटपिट गरी नियन्त्रणमा लिएको उजुरीमा उल्लेख छ । 

उजुरीमा कीर्तिपुरमा भएको त्यस दिनको घटनाको भिडियो, अस्पतालको रिपोर्टलाई समेत राखिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार