शिक्षा सम्बन्धी विधेयकमा बिहीबार जसरी भए पनि सहमति जुटाउनु पर्छः सुमना श्रेष्ठ

Nagarik Sewa 4431+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा बिहीबार जसरी भए पनि सहमति जुटाउनु पर्ने बताउनुभएको छ। सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सकभर सहमतिमा नभए फरक मत राखेर भए पनि विधेयक प्रतिनिधिसभासम्म पुर्‍याउनुपर्ने बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘आज जसरी भए पनि प्रतिनिधिसभासम्म पुर्‍याउनुपर्छ । सके सहमतिमा जाऊँ नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म जाऊँ ।’

उहाँले भन्नुभयो, ‘शिक्षाको लागि एउटा र शिक्षकको लागि अर्को विधेयक ल्यायौं ।’ विधेयक निर्माणका क्रममा अभिभावक र विद्यार्थीको धारणा नलिइएको प्रति पनि उनको गुनासो छ । शिक्षा विधेयक कस्तो हुनुपर्छ भनेर सरकारले विद्यार्थीहरु मतलाई वेवास्ता गरेको उहाँले आरोप लगाउनुभयो।

त्यस्तै जनमत पार्टीकी सांसद विनिताकुमारी सिंहले विधेयक पास गरेर प्रतिनिधिसभासम्म पुर्‍याउनु पर्ने बताउनुभएको छ। समितिको बैठकमा उहाँले शिक्षकलाई पाँच वर्षसम्म सरुवा नहुने प्रावधान मिलाउन पर्ने बताउनुभयो। शिक्षकहरूले टेलिफोन गरेर पाँच वर्षसम्म सरुवा नहुने व्यवस्थामा आपत्ति जनाउने गरेकाले मिलाउन पर्ने उहाँको भनाइ छ ।

विधेयकमा दुई विषयमा विवाद छ । विधेयकमा निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोसाक दिने विषय विवादित छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै