राष्ट्रपतिद्वारा संसद्को दुवै सदनको अधिवेशन आह्वान

Nagarik Sewa 4809+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् अधिवेशन बोलाइएको हो।

काठमाडौंमा जारी शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० तत्काल पारित गर्न सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै