पाकिस्तानी प्रहरीले दुर्गम सीमा क्षेत्रमा हवाई आक्रमण गर्दा २३ जनाको मृत्यु

Nagarik Sewa 4883+ समाचार ( )
६ अशोज २०८२, सोमबार

एजेन्सी । पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा करिब २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

विपक्षी सांसदहरूले सेनाले आतंकवाद विरोधी अभियान अन्तर्गत रातिमा छापा मारेको आरोप लगाएका हुन् । तर सरकार वा सशस्त्र बलले कुनै आधिकारिक बक्तव्य जारी गरी यस सम्बन्धमा औपचारिक भनाइ भने सार्वजनिक गरेकाे छैनन् । पाकिस्तानी तालिवान (टिटिपी) लडाकुले हालैका महिनाहरूमा अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा सुरक्षा फौजविरुद्ध हिंसा अभियान बढाएका छन्।

राष्ट्रिय सभाका विपक्षी सदस्य इकबाल अफ्रिदीले घटनाको पुष्टि गर्दै एएफपीसँग सुरक्षा बलको विमानले गोलाबारी गर्दा २३ जनाको मृत्यु भएको बताएका हुन् । सोमबार दिउँसो खैबर पख्तुन्ख्वाको विधानसभामा बोल्दै प्रान्तीय सांसद सोहेल खान अफ्रिदीले पनि आक्रमणका लागि सेनाको आलोचना गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार